सोमबार, २८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

लिगको तयारीमा एन्फासँग क्लबहरुको असन्तुष्टि

शनिबार, १७ मंसिर २०७९खेलपाटी संवाददाता
लिगको तयारीमा एन्फासँग क्लबहरुको असन्तुष्टि
mustang rice ad

काठमाडौं । आसन्न शहिद स्मारक ए डिभिजन लिगको तयारीको सन्दर्भमा अखिल नेपाल फुटबल संघ (एन्फा)सँग ए डिभिजनका क्लबहरुले असन्तुष्टि जनाएका छन् । 

पुस १४ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको शीर्ष डिभिजनको लिगको तयारीमा फुटबल संघ गम्भिर नबनेको भन्दै ए डिभिजनका क्लबले असन्तुष्टि जनाएका हुन् ।

लिगको तयारी खर्च वापतको ५० प्रतिशत रकम मंसिर १५ गतेभित्र उपलब्ध गराउने पूर्व सहमती एन्फाले पालना नगरेको क्लबहरुको आरोप छ । एन्फाले लिगको तयारी खर्च वापत ए डिभिजन क्लबलाई प्रति क्लब ३२ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । सो वापतको आधा रकम मंसिर १५ भित्र किस्तामा भुक्तानी गर्ने एन्फा र क्लबबीच सहमती बनेको थियो । 

क्लबहरुले एन्फासँग गत सिजनको तयारी खर्च, पुरस्कार वापतको रकम पनि पाउन बाँकी छ । नयाँ सिजनको लिग सुरु गर्ने सन्दर्भमा एन्फा र क्लबले आन्तरिक छलफल गरि अघिल्लो वर्षको बाँकी रकम र नयाँ सिजनको तयारी वापतको ५० प्रतिशत रकम मंसिर १५ भित्र भुक्तानी गर्ने सहमती बनेको थियो । तयारी खर्चको सन्दर्भमा सहमती बनेपछि पुस २६ गतेबाट लिग सुरु गर्ने औपचारिक निर्णय गरेको थियो । 

तर पूर्व सहमती अनुसार एन्फाबाट मंसिर १६ गतेसम्म समेत क्लबले तयारी खर्च नपाएपछि लिगको तयारीको सन्दर्भमा क्लबहरुले असन्तुष्टि जनाएका छन् । 

आसन्न लिगको सन्दर्भमा ए डिभिजनका अधिकांश क्लब शनिबार साँझ अनौपचारिक छलफलमा जुटेका थिए । एन्फाको झुठो आश्वासनले लिगनै अन्यौलमा पर्ने देखिएको भन्दै क्लबहरुले फुटबल संघको गम्भिर ध्यानाकर्षण गराउने सहमती जुटाएका छन् । 

‘लिगको मिति आईसकेको छ । तर एन्फाबाट तयारी खर्च नपाउँदा क्लबले तयारी अघि बढाउन सकेका छैनन् । लिग हुने, नहुने अन्यौलता कायमै देखिन्छ ।’ बैठकमा सहभागी एक क्लबका प्रतिनिधिले खेलपाटीसँग भने, ‘लिगको तयारीका लागि एन्फाको गृहकार्यपनि देखिदैन । लिगको प्रायोजक, प्रत्यक्ष प्रशारण अधिकार सम्बन्धि सम्झौता लगायतका विभिन्न विषयमा कुनै काम भएको छैन । यसले एन्फा लिग नगर्ने दिशामा उन्मुख रहेको देखिन्छ ।’

एन्फाले यस पटक लिगलाई डबल राउण्डमा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै क्लबलाई तयारी वापतको ३२ लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । तर नियमित आय स्रोत नभएको एन्फाले क्लबलाई तयारी वापतको यति ठुलो रकम दिन गाह्रो देखिन्छ ।

लिगको तयारीमा जुट्नुपर्ने एन्फा नेतृत्व विश्वकप फुटबलको बाहानामा कतारतिर बरालिएपछि पुस २६ गतेको लिगको ‘डेटलाइन’मा आशंका उत्पन्न भैरहेको छ । 

LiNing Ad
#लिग #तयारी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

 अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

राजपुरको जितमा नारायण नायक

राजपुरको जितमा नारायण नायक

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

मनीषको गोल व्यर्थ

मनीषको गोल व्यर्थ