काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाले राखेपको निमित्त सदस्य–सचिवको जिम्मेवारी पाएका छन् ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङ डिसेम्बर १ देखि ३ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको युएइ राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालयमा हुने एसिया रग्बी कार्यकारी समिति र इमिरेट्स दुबइ रग्बी सेभेन्सको बैठकमा सहभागी हुन दुबइ जानु पर्ने भएकोले धमलालाई सदस्य–सचिव घिसिङको अनुपस्थितिमा राखेपको नीतिगत निर्णय र आर्थिक कारोबार बाहेक दैनिक प्रशासनिक कार्य गर्नका लागि जिम्मेवारी दिइएको हो ।
सदस्य–सचिव घिसिङ मंगलबारै दुबइ प्रस्थान गरिसकेका छन् ।