विश्व मुवाँथाई च्याम्पियनसिपमा रुचाल र राईले प्रतिस्पर्धा गर्ने
२०२२ नोभेम्बर १४, सोमबारखेलपाटी संवाददाता
काठमाडौं । सत्रौं विश्व मुवाँथाई च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडी मंगलबार थाइल्यान्डको पटाया जाने भएका छन् ।
नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल र महिला ४८ केजीमा डेनिका राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
विश्व मुवाँथाई च्याम्पियनसिपमा रुचाल र राईले प्रतिस्पर्धा गर्ने