काठमाडौं । नेकपा एमालले चुनावी घोषणा पत्र सार्वजनीक गरेको छ ।
मंगलबार काठमाडौंमा भब्य कार्यक्रमको आयोजना गरेर एमालले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनीक गरेको हो ।
एमालेले सार्वजनीक गरेको घोषणा पत्रमा खेलकुद क्षेत्रतर्फ ओलम्पिकमा पदक जित्ने गरि खेलाडीलाई सक्षम बनाउनेदेखि पूर्वाधार, खेलाडी सम्मान, प्रशिक्षण र युवा खेलाडीको खोजलाई मुख्य मुद्धा बनाएको छ ।
एमालले युवाको शारीरिक तथा मानसिक विकासका लागि खेल मैदान निर्माण, कभर्डहल तथा क्लब भवन, आवश्यक खेलकुद तथा मनोरञ्जन साधनको व्यवस्था, अन्य पूर्वाधार निर्माण, सञ्चालन र व्यवस्थापन गरिने विषय घोषणा पत्रमा उल्लेख गरेको छ ।
उसले आफ्नो नेतृत्वको सरकारको पालामा १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी स्वर्ण पदक जित्न सफल भएको उल्लेख गर्दै अब एसियाली र ओलम्पिक खेलकुदमा समेत पदक जित्ने गरि खेलाडी तयार गर्ने तथा खेलाडीको क्षमता विकासका लागि तालिम र प्रशिक्षणको व्यवस्था गरिने घोषणा गरेको छ ।
यस्तै, खेलाडी सम्मान र वृत्ति विकासका कार्यक्रमसहित जीवनवृत्ति प्रणाली कार्यान्वयनमा ल्याउने घोषणा गरेको एमालेले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी बन्न सक्ने युवाको खोजी गरिने उल्लेख गरेको छ ।
खेलाडीको क्षमता विकासका प्रशिक्षण र तालिका दिने उद्घोष गरेको एमालेले प्रतियोगितामा भाग लिन खेलाडीलाई अवसर उपलब्ध गराउने र खेलाडीको प्रवर्धन गरिने बताएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते हुने संसदीय चुनावका लागि घोषणा पत्र जारी गरेका हुन् ।