काठमाडौं । वीर गणेशमान सिंह स्पोर्टस कमिटिले दुई खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कमिटिले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी दुई खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।
स्पोर्टस कमिटिले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस र चौंथो संस्करणको १० के रोड रेस आयोजना गरिने जनाएको छ ।
स्पोर्टस कमिटिले कात्तिक १९ देखि २६ सम्म टेनिस प्रतियोगता आयोजना हुने जनाएको छ ।
सातदोबाटोस्थित टेनिस कोर्टमा संचालन हुने प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
टेनिसको महिला पुरुष विजेताले ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार पाउने जनाएको छ ।
महिला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।
पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार पाउने छन् ।
पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार,१५ हजार र ५ हजार पाउने छन् ।
पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने छन् ।
४५ वर्षमाथि डबल्सकाले २० हजार,१० हजार र ५ हजार पाउने छन् ।
५५ वर्षमाथिका एकलले २० हजार,१० हजार र ५ हजार पाउने छन् ।
५५ वर्षमाथि डबल्सले १५ हजार, ८ हजार र ८ हजार पाउने छन् ।
६५ वर्षमाथिका शीर्ष तीनले १५ हजार, ७ हजार ५ सय र ५ हजार पाउने छन् ।
टेनिस प्रतियोगिता आयोजनाका लागि भाष्करमन सिंहलाई संयोजक र प्राविधिक संयोजकमा प्रशिक्षक सुर्य भुषण बज्राचार्य रहेका छन् ।
त्यसैगरी, पुस २३ गते शनिबार चौंथो वीर गणेशमान सिंह १० के रोड रेस आयोजना गरिने जनाएको छ । रोड रेसको संयोजकमा राजन खत्री रहेका छन् ।
रोड रेसको पुरस्कार लगायत अन्य विषयमा पछि जानकारी दिईने आयोजकले जनाएको छ ।