काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनीक गरेको छ ।
शनिबार पाटी मुख्यालय सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवाले घोषणा पत्र सार्वजनीक गरेका हुन् ।
कांग्रेसले संकल्प पत्रको रुपमा सार्वजनीक गरेको चुनावी घोषणा पत्रमा क्षेत्रगत प्राथमिकताको रुपमा कला, संस्कृति र खेलकुदलाई एउटा शीर्षकमा समावेश गरेर खेलकुदप्रतिको धारणा उल्लेख गरेको छ ।
उदयीमान तथा व्यवसायिक खेलाडीमा व्यापाक लगानी गर्ने लक्ष्य राखिएको संकल्प पत्रमा खेल पूर्वाधार, व्यवस्थापकीय संरचनालाई अन्तराष्ट्रिय मापदण्डमा लैजानेदेखि खेलाडी तथा खेलकर्मीलाई प्राथमिकतामा राखिने उल्लेख छ ।
संकल्प पत्रमा लेखिएको छ, ‘खेलकुद विकासका लागि खेल पूर्वाधारको निर्माण तथा उचित सम्बद्र्धन गर्नुका साथै व्यवस्थापकीय संरचनालाई अन्तराष्ट्रिय मापदण्ड बमोजिम सुधार गरी खेलाडीको भविष्य सुनिश्चत गर्दै खेल प्रशिक्षक, खेल पदाधिकारी, खेलकर्मी र खेल प्रत्रकारिकतालाई उच्च प्राथमिकतामा राखिनेछ ।’
नेपालका राजनीतिक दलले खेलकुदलाई कम प्राथमिकतामा राख्दै राज्य सञ्चालन गर्दै आएका छन् । दलहरुको चुनावी घोषणा पत्रमा खेलकुद विकास बारे स्पष्ट दृष्टिकोण भेटिदैन । कांग्रेसको चुनावी घोषणा पत्रले समेत त्यही कुरालाई निरन्तरता दिएको छ ।