आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

‘नवौं राष्ट्रिय खेलकुद कर्मकाण्डी जस्तो भयो’

सोमबार, ०७ कार्तिक २०७९खेलपाटी संवाददाता
‘नवौं राष्ट्रिय खेलकुद कर्मकाण्डी जस्तो भयो’
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव युवराज लामाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्मकाण्डी रुपमा सम्पन्न भएको टिप्पणी गरेका छन् । उनले गलत समयमा प्रतियोगिताको आयोजना गरेर कर्मकाण्डी रुपमा नवौं राष्ट्रिय खेलकुद सम्पन्न गरिएको धारणा राखेका छन् ।  

‘यो समयनै ठिक थिएन । गर्नै नहुने समयमा प्रतियोगिता गरियो । सबै चार्ड पर्वको मुडमा हुन्छ । लगत्तै खेलाडीले आफ्नो उत्कृष्ट प्रर्दशन दिन सक्दैन ।’ पूर्व सदस्य सचिव लामाले खेलपाटीसँग भने, ‘नितान्त गलत प्रवृतिका साथ गरिएको आयोजना हो । कर्मकाण्डी रुपमा सकाउने उद्धेश्य मात्र देखियो । जे जसरी लाभ लिन सकिन्छ, त्यो लिएर प्रतियोगिता गर्ने नियत देखियो ।’

पूर्व सदस्य सचिव लामाले अधिकांश प्रदेशमा खेलाडी छनोट नगरेर सिधै टिपेर राष्ट्रिय खेलकुदमा समावेश गरिनु गलत भएको बताए । ‘अधिकांश प्रदेशमा खेलाडी छनोटनै भएन । केही खेलमा भए । तर अधिकांश प्रदेश र खेलका खेलाडी टिपेर खेलाउने काम भएको छ ।’ उनले भने । ‘खेलाडीले क्लोज क्याम्प हुनपर्दथ्यो । ग्रासरुट छनोट नहुने वित्तिकै प्रतियोगिताको औचित्यनै भएन ।’ लामाले थपे । 

पूर्व सदस्य लामाले नवौं राष्ट्रिय अहिलेसम्मकै खराब ब्यवस्थापनमा आयोजना भएको टिप्पणी गरेका छन् । 

‘गण्डकीलाई जुन जिम्मेवारी दिनुपर्दथ्यो, त्यो भएन । प्रदेश सरकारले अपनत्वनै लिन सकेन । संघहरुलाई सक्रिय भुमिका दिन पर्दथ्यो । केही पूर्वाधार बन्न पर्दथ्यो ।’ उनले भने, ‘प्रदेशलेनै छनोट गरे । खेलाडी तयार गरे । संघको ६० करोडको बजेट कहाँ गयो भन्ने हो ।’

‘यत्रो लगानी गरेर यो प्रकारको व्यवस्थापन हुन्छ भने राष्ट्रिय प्रतियोगिता नगर्दा हुन्छ ।’ लामाले भने । 

तत्कालिन नेकपा माओवादी सरकारको पालामा लामाले राखेपको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका थिए । उनलाई नेपाली खेलकुद इतिहासको सफल सदस्य सचिवको रुपमा लिने गरिन्छ । वर्षभरी राष्ट्रिय टिम तयारीको नविन योजना, खेलकुद पूर्वाधार निर्माणदेखि खेलकुदमा थिती बसाल्ने नेतृत्वदायी भुमिकाका कारण लामालाई घरेलु खेलकुदमा सफल सदस्य सचिव मानिन्छ । 

माओवादी केन्द्रका नेता समेत रहेका लामाले गण्डकी प्रदेशमा जसरी राष्ट्रिय प्रतियोगिताका आगामी संस्करण गर्न आवश्यक नरहेको समेत सुझाव दिएका छन् ।  

‘गण्डकी प्रदेशमा जसरी लथालिङ्ग र भताभुङ्ग गरेर प्रतियोगिता गरिएको छ । यसरी राष्ट्रिय प्रतियोगितानै गर्न आवश्यक छैन ।’ उनले भने, ‘नितान्त कर्मकाण्डी रुपमा गरिएको आयोजनाले खेलकुदमा माओवादीको शाख गिरेको छ ।’ 

यो पनि,  नवौं राष्ट्रिय खेलकुद : कर्मकाण्डी आयोजना

 

LiNing Ad
#नवौं #राष्ट्रिय #खेलकुद

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

 अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

राजपुरको जितमा नारायण नायक

राजपुरको जितमा नारायण नायक

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

मनीषको गोल व्यर्थ

मनीषको गोल व्यर्थ

बिरेन चम्किँदा आँगनको सानदार जित

बिरेन चम्किँदा आँगनको सानदार जित