पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलाडीका लागि राष्ट्रिय खेलकुदको पदकको महत्व फरक र विशिष्ट हुने बताएका छन् ।
नवौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोहमा बोल्दै सदस्य सचिव घिसिङले उक्त कुरा बताएका हुन् ।
‘नेपाली खेलाडीका लागि राष्ट्रिय खेलकुदमा प्राप्त गरेको पदकको महत्व फरक र विशिष्ट हुन्छ,’ घिसिङले भने ।
घिसिङले नवौं राष्ट्रिय खेलकुदमा छनोट भएका खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने बताए ।
उनले नवौं राष्ट्रिय खेलकुदको दौरान रनिङ ट्रफी बनाउनेदेखि अनलाईनमार्फत खेलाडी दर्ता गरेर अभिलेखिकरणको काम सुरु गरिएको बताए ।