काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्ष जीवनराम श्रेष्ठले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्वर ८ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका श्रेष्ठले बाम-लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का सचिव श्रेष्ठले आइतबार काठमाडौं क्षेत्र नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफैं उपस्थित भई मनोनयनपत्र दर्ता गराएका थिए ।
श्रेष्ठ दुई पटक राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव बनेका थिए ।
२०५३ सालमा श्रेष्ठ पहिलो पटक राखेपको सदस्य सचिव नियुक्त भएका थिए । श्रेष्ठ दोश्रो पटक २०६३ सालमा सदस्य सचिवको जिम्मेवारीमा पुगेका थिए ।
श्रेष्ठ नेपाल स्की संघको पनि अध्यक्ष हुन् ।