काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बाँके क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।
माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री गहतराजले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी पछिल्लो दुई संसदीय निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट संघीय संसदमा प्रतिनिधित्व गर्दै आएका थिए । उनलाई माओवादी केन्द्रले पहिलो पटक संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको थियो ।
माओवादी द्धन्द्धकालमा पश्चिम नेपालको बाँकेलाई केन्द्र बनाएर भुगोलको राजनीति गर्दै आएका गहतराज बाँकेमा जनाधार भएको नेता मानिन्छन् ।
बाँकेको क्षेत्र नम्बर एकको प्रदेश सभा (ख)बाट कांग्रेसका फुलाराम थारुले र प्रदेश सभा (क)बाट माओवादी केन्द्रकी कृष्णा केसी (नमुना)ले उम्मेदवारी दर्ता गराएका छन् ।