शुक्रबार, २५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

नवौंको अभियानमा जुट्न पोखरेलीलाई राखेप सदस्य सचिवको आग्रह

शनिबार, २२ आश्विन २०७९खेलपाटी संवाददाता
नवौंको अभियानमा जुट्न पोखरेलीलाई राखेप सदस्य सचिवको आग्रह
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अभियानमा जुट्न पोखरेलीहरुसँग आग्रह गरेका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीले शनिबार पोखरामा विभिन्न संघ संस्थाहरुसँग गरिएको अन्तक्रिया कार्यक्रममा सदस्य सचिव घिसिङले उक्त आग्रह गरेका हुन् ।

'हामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिातको संघारमा छौं । गण्डकी प्रदेश आयोजक प्रदेश भएको नाताले पनि प्रतियोगिता सफल बनाउने जिम्मेवारी यहाँहरुको काँधमा छ,' उनले भने, 'म गण्डकी प्रदेशवाशीलाई यो अभियानमा जुट्न आग्रह गर्दछु ।'

नेपालको खेलकुद ऐन कार्यान्वयन भएसंगै संघियताको मोडलमा पहिलो पटक नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भइरहेको बताउँदै सदस्य सचिव घिसिङले पनि यो प्रतियोगिताको महत्व छुट्टै रहेको बताए ।

उनले भने, 'हामी नयाँ खेलकुद विकास ऐनको जगमा उभिएर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्दैछौं । त्यसैले पनि यसको महत्व र मर्म बारे बुझ्न आवश्यक छ ।'

नवौं राष्ट्रिय प्रतियोगिताको अन्तिम तयारी भइरहेको बताउँदै यहाँ आउने खेलाडीहरुलाई न्यानो आतिथ्यताको सन्देशको छाप छोड्न पनि उनको आग्रह थियो ।

असोज २३ गते बाट नै औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुदका प्रतियोगिताहरुको सुरुवात हुने जानकारी दिंदैं सदस्य सचिव घिसिङले असोज २८ गतेको उद्घाटन समारोह तथा कार्तिक ३ गते हुने समापन समारोहमा पोखरा रंगशालामा आउन आह्वान र खेलाडीहरुलाई प्रोत्सहान गर्न आग्रह गरे ।

उनले राष्टिय प्रतियोगिता अन्तर्गत हुने खेलहरु अवलोकनका लागि कुनै टिकटको व्यवस्था नगरिए पनि भलिबल र फुटबलको सेमीफाइनल देखिका खेलहरुको भने टिकटको व्यवस्था गर्न लागिएको जानकारी दिए ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ३९ वर्ष पछि पुनः गण्डकीले आयोजना गर्न पाउनु गौरवको कुरा रहेको बताउँदै उनले यसको सफलतामा पोखरेलीहरुको पनि उत्तिकै ठूलो सहयोग र सहभागिता रहेको खाँचो रहने औाल्याए ।

कार्यक्रममा पोखराका विभिन्न वडाहरुमा आयोजना हुने वडाहरुका वडाध्यक्षहरु, उद्योगी र पर्यटन व्यवसायीहरु, विभिन्न संघ–संस्था, प्यावसन, एनप्यावसन, हिसान, वित्तिय संस्थाका प्रतिनिधीहरुलगायतको सहभागिता रहेको थियो ।

LiNing Ad
नवौंको अभियानमा जुट्न पोखरेलीलाई राखेप सदस्य सचिवको आग्रह

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
स्पेनिस सुपर कपको फाइनलमा ‘क्लासिको’ तय

स्पेनिस सुपर कपको फाइनलमा ‘क्लासिको’ तय

१० खेलसम्म अपराजित रहने लिभरपुलको कीर्तिमान कायमै

१० खेलसम्म अपराजित रहने लिभरपुलको कीर्तिमान कायमै

सान्तोसमै बस्ने भए नेयमार

सान्तोसमै बस्ने भए नेयमार

दुई डिफेन्डरको चोटले झट्कामा सिटी

दुई डिफेन्डरको चोटले झट्कामा सिटी

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

 राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय