काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको काउन्ट डाउन सुरु भईसकेको छ ।
नेपाली घरेलु खेलकुदको कुम्भमेला सुरु हुन अब १२ दिन मात्र बाँकी रहेको छ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।
नवौंमा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ । नवौंमा कुल ३९३ स्वर्ण ३९३ रजत र ६०० कास्य पदका लागि प्रतिस्पर्धा हुनेछ ।
नवौंको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी र समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तालिका रहेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौंको खेल तालिका र खेल स्थल तय गरिसकेको छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन २८ गते भएपनि अधिकांस खेलहरु अगाडी नै सुरु हुनेछ ।
पुरुष क्रिकेट भने काठमाडौंमा सम्पन्न भईसकेको छ । पुरुष क्रिकेटको स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ ।
यस्तै महिला क्रिकेट असोज २३ गतेबाट पोखरा क्रिकेट मैदानमा सुरु हुनेछ ।
यस्तै ह्यान्डबल, फेन्सिङ, गल्फ, चेस, हक्की, महिला भलिबल, फूलकन्ट्याक्ट कराते, फुटबल खेल उद्घाटन अगाडी नै सुरु हुनेछ ।
हेर्नुहोस खेल तालिका र खेल स्थल -