बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक  

बिहिबार, १३ आश्विन २०७९खेलपाटी संवाददाता
जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक  
Loading ad...
mustang rice ad

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शनी गरिएको छ।

राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेश प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शनी गरिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेश प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले ट्रफी सार्वजनिक गरे ।

कार्यक्रममा मधेश प्रदेश खेलकुद मन्त्रालयका सचिव रञ्‍जित कुमार यादव, मधेश प्रदेश खेलकुद बिभाग प्रमुख मोहमद जावल इस्लाम, मधेश प्रदेश प्रशिक्षण केन्द्र उपनिर्देशक सुरेन्द्र श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।

ट्रफी सार्वजनिक गरेपछि बोल्दै मुख्यमन्त्री राउतले जानकीको पवित्र भूमिमा ट्रफी सार्वजनिक भएकोमा खुशी व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुदको भव्य सफलताको लागि शुभकामना दिए ।

‘जानकीको पवित्र भूमिमा ट्रफी अनावरण भएको छ । मधेश प्रदेशले ट्रफी ल्याओस शुभकामना दिन चाहन्छु,’ उनले भने, ‘नवौंको भव्य शुभकामना दिन चाहन्छु ।‘

मुख्यमन्त्री राउतले राज्यले खेलाडीलाई कम प्राथमिकता दिएको समेत बताए ।

‘देशको नाम राख्ने खेलाडीलाई अन्य ठाउमा राज्यको तर्फबाट सुबिधा हुन्छ । तर, यहाँ खेलाडीलाई कम प्राथमिकता छ । राज्यले खेलाडीलाई हेर्नुपर्छ ।‘

उनले १० औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा आयोजनाका लागि प्रयास गर्ने समेत बताए ।

मधेश प्रदेशका खेलकुदमन्त्री सिंहले राष्ट्रिय खेलकुदको ट्रफी मधेश प्रदेशमा आउँदा आफुहरु प्रफुलित भएको बताउँदै नवौंको सफलताको शुभकामना व्यक्त गरे ।

‘आज हामी प्रफुलित छौँ । मा जानकीको प्रागणमा ट्रफी सार्वजनिक गरेका छौँ । राष्ट्र्रिय खेलकुद देशको गौरवको विषय हो । नवौंको सफलताका लागि कामना गर्छु,’ उनले भने ।

मन्त्री सिंहले नवौंमा स्वर्ण विजेतालाई ५१ हजार नगदले पुरस्कृत गरिने समेत बताए ।

उनले आफु आउँदा मधेशको खेलकुद दयनीय रहेको तर मुख्यमन्त्रीको सहयोगले नवौंमा २५ खेल सहभागिता गराउन सफल भएको बताए ।

ट्रफी टुर कार्यदलका संयोजक तथा ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टले राखेपको योजना अनुसार ट्रफीलाई  पवित्र भूमि जानकी मन्दिरमा ल्याईएको र अब ट्रफी अन्तिममा गण्डकी प्रदेशमा लगिने जानकारी दिए ।

ट्रफी टुर अन्तर्गत बिहीबार बिहान विश्व सम्पदा सूचीमा सूचिकृत बसन्तपुरमा प्रदर्शन गरिएको थियो । त्यस्तै बुधबार पाटन दरबार स्क्वायर र पशुपति क्षेत्रमा प्रदर्शनी गरिएको थियो भने  आइतबार स्वयम्भुनाथ र बौद्धनाथ स्तुपामा पनि ट्रफी प्रदर्शन गरिएको थियो ।

ट्रफी टुर अन्तर्गत यस अघि सुदूरपश्चिम, लुम्बिनी, बागमती, कर्णाली र प्रदेश नं. १ तथा नेपाली सेना, नेपाल प्रहरीको मुख्यालयमा ट्रफीलाई प्रदर्शन गरिएको थियो ।

अब ट्रफीलाई नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरामा असोज २३ गते लगिने छ । पोखरामा ट्रफीलाई नगरपरिक्रमा गराईने छ ।

ट्रफी टुरका लागि राखेपले विष्टको संयोजकत्वमा ५ सदस्सीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं सागका दोहोरो स्वर्ण पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य रहेका छन् ।

राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।

Loading ad...
LiNing Ad
मधेश प्रदेशको जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा