काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाले आगामी वर्षको बजेट र कार्यक्रमहरु पास गरेको छ ।
एन्फाको बुधबार बसेको विशेष साधारण सभाले आर्थिक वर्ष २०७९/८० को बजेट पास गरेको हो ।
एन्फाका महासचिव किरण राईले आर्थिक वर्ष २०७९/८० को लागि ९४ करोड ८८ लाख ८८ हजार ५ सय ८८ अनुमानित आम्दानी र ९२ करोड ९१ लाख ८२ हजार ४ सय ७० अनुमानित खर्चलाई साधारण सभाले पास गरेको जानकारी दिए ।
साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को आम्दानी २५ करोड ५६ लाख ३२ हजार २ सय १६ र खर्च २४ करोड ६९ लाख १८ हजार ९ सय ३३ रुपैयाँलाई पास गरेको छ ।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ को आम्दानी २६ करोड ८३ लाख २१ हजार ९४ र
खर्च ४० करोड ६७ लाख ६७ हजार ८ सय ४२ रुपैयाँलाई साधारण सभाले पास गरेको छ ।
साधारण सभाले आठ वर्षको रणनीतिक योजनालाई परिमार्जन हुनेगरी अनुमोदन गरेको छ ।
साधारण सभाले नयाँ कार्यसमितिको ४ वर्षे कार्यकालमा १० देखि १२ स्थानमा टेक्निकल सेन्टर लगायतका भौतिक संरचना बनाउने योजना पास गरेको छ ।