निजी क्षेत्रलाई खेलकुदमा जोड्न अन्तरक्रिया

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राख्दै श्रोत परिचालन उपसमितिले निजी क्षेत्रलाई खेलकुदमा आकर्षित गर्ने उद्धेश्यले आईतबार खेलकुदमा निजी क्षेत्रको भूमिका बिषयक छलफल कार्यक्रमको आयोजना गरेको छ ।
उपसमितिका संयोजक एवं बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम बारे जानकारी दिने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले निजी क्षेत्रलाई पर राखेर खेलकुदको विकासको परिकल्पना गर्न नसकिने भन्दै निजी क्षेत्रलाई हातेमालो गर्न आव्हान गरे ।
कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले नवौं राष्ट्रिय खेलकुदको प्लेटफर्ममा निजी क्षेत्रलाई समावेश गर्नु पर्ने र खेललाई राष्ट्रिय गौरव, राष्ट्रको पहिचान, राष्ट्रको लागि खेल र स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ अगि बढेको मुल अभियान संग निजी क्षेत्रलाई एकाकार गरेर, हिस्सेदार बनाएर अगि बढनु पर्ने बताए । मन्त्री गहतराजले खेल क्षेत्र एक उद्योग रहेको भन्दै यस क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आव्हान गरे ।
संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले खेलकुदको क्षेत्रका लागि एउटा नयाँ सुरुवातको थालनी गरेकोमा खेलकुद परिषद्लाई आभार ब्यक्त गर्दै खेलकुदको विकासमा निजी क्षेत्रको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको भन्दै बिश्वका कैयन देशमा निजी क्षेत्रको सहभागिताका कारण खेल क्षेत्रले उन्नती गरेको बताए । उनले विगतमा निजी क्षेत्रले खेलकुदमा गरेको सहयात्रालाई स्मरण गर्दै निजी क्षेत्रलाई खेलकुदमा चन्दा र दान दिएको नभई लगानीको रुपमा लिन अनुरोध गरे । उनले निजी क्षेत्रले खर्च गर्ने सामाजीक उत्तरदायित्व अन्तरगत हुने खर्चलाई खेलकुदको क्षेत्रमा लगानी गराउने तर्फ अर्थमन्त्रीले सम्वोधन गर्न आव्हान गरे ।
निजी क्षेत्रका तर्फबाट बोल्दै सूर्य नेपालका प्रतिनिधी मि. अर्यालले निजी क्षेत्रलाई खेलकुद क्षेत्रमा आकर्षण गर्ने खालका नीति नियमहरु ल्याउन अर्थ मन्त्रीलाई अनुरोध गरे । उनले सामाजिक उत्तरदायित्व अन्तरगत गर्ने खर्चमा खेलकुद नअटेको भन्दै खेलकुद प्रवर्धन गर्ने गरि नीति बनाउनु पर्ने तर्फ सरकारले पहल गर्नु पर्ने बताए ।
अर्थमन्त्री जनार्दन शर्माले खेल क्षेत्र आर्थिक विकासका लागि प्रगतीका लागि महत्वपूर्ण क्षेत्र रहेको भन्दै खेल क्षेत्रमा ठुला ठुला लगानी भईरहेको बताए । उनले खेलकुदको क्षेत्रमा निजी क्षेत्रलाई आकर्षण गर्ने खालका नीति नियमलाई अगाडी ल्याउने कार्यमा राज्यले पहल गर्ने तर्फ अग्रसर रहेको बताए ।
कार्यक्रमका सभापती भण्डारीले कार्यक्रममा उपस्थित सवैधलाई धन्यवाद दिंदै नवौं राष्ट्रिय खेलकुलाई सफल बनाउन र खेलकुदमा लगानी गर्न निजी क्षेत्रलाई आव्हान गरे ।









-1762997834781.jpeg&w=3840&q=75)






