काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले खैबर पख्तुनख्वाका बायाँ हाते स्पिनर आसिफ अफ्रिदीलाई निलम्बन गरेको छ ।
पीसीबीले एन्टी करप्सन नियम उलंघन गरेको भन्दै अफ्रिदीलाई निलम्बन गरेको हो ।
अफ्रिदीले जारी राष्ट्रिय टी–२० कपको अधिकांश खेल गुमाएका थिए ।
हाल पीसीबीको भ्रष्टाचार विरोधी एकाइअन्तर्गत रहेको मुद्दाको टुङ्गो नलागेसम्म उनी क्रिकेटसँग सम्बन्धित कुनै पनि गतिविधिमा भाग लिन सक्दैनन् ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले आरोपको विस्तृत विवरण सार्वजनिक गरेको छैन । तर उसले पुष्टि गरेको छ कि अफ्रिदीलाई आफ्नो नियम अनुसार तत्काललाई निलम्बित गरिएको छ ।
अफ्रिदीलाई आफूमाथि लागेको आरोपको जवाफ दिन १४ दिनको समय दिइएको छ ।