काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज बुधबार समूह चरणका अन्तिम दुई खेलहरु हुँदैछन् ।
कीर्तिपुरस्थित टियु मैदानमा दुई खेल हुनेछ । टियुमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:१५ बाट सुरु हुनेछ ।
टियुमा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । यस खेल दिउँसो १:१५ बजे सुरु हुनेछ।
समूह 'बी' बाट सुदुरपश्चिम प्रदेश तथा एनआरएनए स्पोर्टस एकेडेमी सेमीफाईनल पुगिसकेका छन् । समूह 'ए' को भने आजको खेलबाट टुङ्गो लाग्नेछ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।