काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेल पपुवा न्यु गिनी(पीएनजी)ले अमेरिकालाई पराजित गरेको छ ।
मंगलबार अमिनी पार्कमा भएको खेलमा घरेलु टोली पीएनजी २६ रनले विजयी भएको हो ।
घरेलु टोली पीएनजीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४७ ओभर २ बलमा अलआउट हुदै १ सय ८५ रन मात्र बनायो ।
उसका लागि साईतेज मुकामल्लाले ४६ तथा कप्तान मोनाक पटेलले ३५ रन बनाए । गजानन्द सिंहले ३३ तथा स्टेफन टेलरले २५ रन बनाए । आरोन जोन्सले २४ तथा क्यामरोन स्टेभसनले ९ रन बनाए ।
घरेलु टोलीका लागि चार्ल्स अमिनि तथा असद भालाले समान ३/३ विकेट लिए । चाड सोपार,डामुन रभि,नर्मन भानुवा,सिमो कमिअले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । उसका लागि असाद भालाले ६४ रनको अर्धशतकीय ईनिङ बनाए । लिगा सियाकाले ३५ तथा चाड सोपारले २१ रन बनाए । हिरी हिरीले १८ तथा सेसे बाउले १६ रन बनाए । चाल्र्स अमिनिले १५ तथा नर्मन भानुवाले ९ रन बनाए ।
पाहुना टोलीका लागि स्टेभन टेलरले ३ तथा क्यामरोन स्टेभसनले २ विकेट लिए । नोसथुश केन्जीगि, सौरभ नेत्राभाल्कर, निर्साग पटेल,जसकरन मलहोत्राले समान १/१ विकेट लिए ।
लिग टूमा पपुवा न्यु गिनिको यो दोस्रो जित हो ।
जितसँगै पपुवा न्यु गिनीको २२ खेलमा ६ अंक सहित पुछारमा रहेको छ ।अमेरिका ३० खेलमा २९ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
७ टोली सहभागी यस लिग टूका शीर्ष तीन टोलीले विश्वकप छनोटमा स्थान बनाउँदा बाँकि ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नेछ ।
पपुवा न्यु गिनीमा आइतबार बाट सुरु यस त्रिकोणात्मक सिरिजमा घरेलु टोलीको साथै अमेरिका तथा नामिबिया सहभागी रहेका छन् ।