काठमाडौं । घरेलु टोली इंग्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिज २-१ ले जितेको छ ।
सोमबार सकिएको तेस्रो तथा निर्णायक टेस्टमा ९ विकेटको जित निकाल्दै इंग्ल्यान्डले सिरीज जितेको हो ।
दक्षिण अफ्रिकाले दिएको १ सय ३० रनको लक्ष्य घरेलु टोलीले १ विकेटको नोक्सानीमा पूरा गर्यो । उसका लागि ज्याक क्रोलीले अविजित ६९ तथा एलेक्स लिले ३९ रन बनाए । ओली पोप ११ रनमा अविनित रहे ।
दक्षिण अफ्रीकाका कागिसो राबडाले १ विकेट लिए ।
बेलायती महारानीको निधनका कारण पहिलो र दोस्रो दिनको खेल नहुदा खेल तेस्रो दिन मात्र सुरु भएको थियो ।
पहिले ब्याटिङ गरेको पाहुना टोलीले पहिलो ईनिङमा १ सय १८ रनमा अलआउट भएको थियो । उसका लागि मार्को जोन्सनले ३० तथा खाया जोन्डोले २३ रन बनाए । केशब महाराजले १८ तथा किगार पिटरसनले १२ रन बनाए ।
घरेलु टोलीका लागि ओली रविन्सनले ५ तथा स्टुअर्ड ब्रोडले ४ विकेट लिए ।
पहिलो ईनिङमा घरेलु टोलीले ४० रनको अग्रता लियो । इंग्ल्याण्ड १ सय ५८ रनमा अलआउट भयो । उसका लागि वली पोपले ६७ रनको अर्धशतकीय ईनिङ खेले ।
जोय रुटले २३ तथा बेन फोयक्सले १४ रन बनाए । दक्षिण अफ्रिकाका लागि मार्को जोनसनले ५ तथा कागिसो रबडाले ४ विकेट लिए ।
४० रनले पछि परेर दोस्रो ईनिङको सुरुवात गरेको पाहुना टोलीले १ सय ६९ रन बनाउदा अलआउट भयो । उसका लागि कप्तान डेन एल्गरले ३६ तथा सारेल ईव्इले २६ रन बनाए । किगान पिटरसनले २३ तथा केशव महाराजले १८ रन बनाए ।
घरेलु टोलीका लागि स्टुअर्ड ब्रोड र बेन स्टोकले ३/३ तथा जेम्स एन्डरसन र ओली रविन्सनले २/२ विकेट लिए ।