काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्व खेलाडी सन्दीप पाटिललाई मेन्टर नियुक्त गरेको छ ।
पोखरामा सोमबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै पाटिललाई मेन्टर नियुक्त गरिएको जनाएको छ ।
भारतले १९८३ मा पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि जित्दा उनी टोलीका प्रमुख सदस्य रहेका थिए ।
पाटिलले भारतका लागि ४५ एकदिवसीय अन्तराष्ट्रिय र २९ टेस्ट खेलेका छन् ।
यस्तै पोखराले टिमको लोगो र जर्सी प्रायोजक समेत सार्वजनिक गरेको छ ।
पोखराको जर्सी प्रायोजकका रुपमा केटिएम सिटी रहेको छ ।
पोखराले आसिफ शेखलाई मार्की खेलाडी रुपमा अनुबन्ध गरेको छ । पोखरामा मोहम्मद हफिज लगायतका विदेशी खेलाडी रहेका छन् ।
पोखराको मालिकमा पोस्टराज ज्ञवाली, सुबोध त्रिपाठी र अतिस ज्ञवाली रहेका छन् ।
पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।
क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।
यस्तै प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस अघि नै मान्यता दिईसकेको छ।