काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको पाँचौं दिन आज सोमबार चार खेलहरु हुँदैछन् ।
सोमबार कीर्तिपुरस्थित टियु मैदानमा दुई खेल हुनेछ । मुलपानी मैदानमा समेत दुई खेल हुने तालिका छ ।
टियुमा हुने पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:१५ बाट सुरु हुनेछ ।
टियुमा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । यस खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
मुलपानी मैदानमा हुने पहिलो खेलमा प्रदेश नम्बर १ र एनआरएनएबीच प्रतिस्पर्धा हुने तालिका छ । यस खेल बिहान ९:१५ बजे सुरु हुनेछ ।
मुलपानी मैदानमा हुने दोस्रो खेलमा बागमती प्रदेश र नेपाल एपीएफ क्लब बिच खेल हुनेछ । यस खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।