काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले न्युजिल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज क्लिन स्विप गरेको छ ।
आइतबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा न्युजिल्याण्डलाई २५ रनले हराउँदै अष्ट्रेलियाले सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।
अष्ट्रेलियाले दिएको २ सय ६८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ४२ रन मात्र बनाउन सक्यो ।
न्युजिल्याण्ड ग्लेन फिलिप्सले ४७ रन जोड्दा जेम्स निशमले ३६ तथा फिन एलनले ३५ रन बनाए ।
मिचेल स्टानरले ३० रन जोड्दा कप्तान केन विलियम्सन २७ रनमा आउट भए ।
अष्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा क्यामरुन ग्रीन र सिङ एब्बटले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ६७ रन जोडेको थियो ।
अष्ट्रेलियाका लागि स्टिभ स्मिथले १ सय ५ रनको शतकीय इनिङ खेले । मार्नुस लाबूसेनले ५२ रन जोड्दा एलेक्स केरीले ४२ रन बनाए ।
क्यामरुन ग्रीन २५ रनमा अविजित रहे ।
न्युजिल्याण्डका ट्रेण्ट बोल्टले दुई विकेट लिए ।