काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको चौंथो दिन आज आइतबार चार खेलहरु हुँदैछन् ।
आइतबार कीर्तिपुरस्थित टियु मैदानमा दुई खेल हुनेछ । मुलपानी मैदानमा समेत दुई खेल हुने तालिका छ ।
टियुमा हुने पहिलो खेलमा प्रदेश १ र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:१५ बाट सुरु हुनेछ ।
टियुमा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच खेल हुनेछ । यस खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
मुलपानी मैदानमा हुने पहिलो खेलमा बागमती प्रदेश र एनआरएनएबीच प्रतिस्पर्धा हुने तालिका छ । यस खेल बिहान ९:१५ बजे सुरु हुनेछ ।
मुलपानी मैदानमा हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ । यस खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।