काठमाडौं । नेपाल राष्ट्रिय मुवाँ थाइ संघको तेस्रो साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ।
भक्तपुरको नगरकोटस्थित रत्नागिरि रिसोर्टमा आयोजित तेस्रो साधारणसभाका अवसरमा मलेसियामा गत महिना सम्पन्न युथ युथ गेम्समा पदक विजेता मुवाँथाई खेलाडी प्राप्ति बतासलाई सम्मान गरेको छ ।
सो प्रतिस्पर्धामा उनले ग्लाड स्लाममा रजत र युथ गेम्समा कांस्य पदक विजेतालाई प्राप्तिलाई सम्मान गरिएको हो ।
उनलाई बाग्मति प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, बाग्मति खेलकुद विकास परिसद्का सदस्यसचिव सूर्यलाल भण्डारी र नेपाल राष्ट्रिय मुवाँ थाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले सम्मानपत्र र खादा लगाएर सम्मान गरे ।
उक्त साधारण सभाले प्रादेशिक संरचनाको खेलकुद नीति अलम्बन गर्दै विभिन्न प्रदेशमा संयोजक तोकेको छ ।
मुवा थाई संघले प्रदेश–१ भूपेश शाक्य, मधेश प्रदेशमा सन्तोस घलान, बाग्मति प्रदेश मनीष लिभी र सदस्यमा राहुल मोक्तान, गण्डकी प्रदेशमा निलिम अधिकारी, लुम्बिनी प्रदेशमा साजन माली, कर्णाली प्रदेशमा राजेश महर्जन र सुदूरपश्चिम प्रदेशमा उमेशकुमार खड्कालाई संयोजकको जिम्मेवारी दिइएको छ ।
उक्त कार्यक्रममा आगामी बाग्मति प्रदेशको खेलकुदमा मुवाँ थाई खेल पनि समावेश गर्ने बताए ।