काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले मिडल अर्डर ब्याट्सम्यान शरद भेषवाकरलाई अनुबन्ध गरेको छ ।
शनिबार भएको ड्राफ्टबाट पोखराले शरदलाई अनुबन्ध गरेको हो ।
ड्राफ्टको 'ए' श्रेणीमा रहेका पोखराले शरदलाई १५ लाखमा अनुबन्ध गरेको हो ।
यस्तै पोखराले आसिफ शेखलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
पोखराले आसिफलाई पनि १५ लाखमा अनुबन्ध गरेको हो ।
ड्राफ्टबाट सबै ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरेको छ ।
यस्तै ए श्रेणीमा रहेका ५ खेलाडी भने पहिलो दिन बिकेनन ।
अब उनीहरु 'बी' श्रेणीमा झर्ने छन् । 'बी' र 'सी' को ड्राफ्ट भोलि हुनेछ ।
पहिलो संस्करणको प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।