काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार हुने भनिएको थप दुई खेल रद्द भएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा शनिबार तय भएको गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल रद्द भएको छ । खेल टस समेत नभई रद्द भएको हो ।
यस अघि टियुमै बिहान तय भएको प्रदेश-१ र एपीएफ क्लबबीचको खेल समेत रद्द भएको छ ।
यस्तै मुलपानी मैदानमा तय मधेश प्रदेश र लुम्बिनी प्रदेशबीच खेल समेत टस समेत नभई रद्द भएको छ ।
वर्षाको कारण नवौंको पुरुष क्रिकेट अन्तर्गतको खेलहरु लगातार रद्द भईरहेको छ । वर्षाको कारण उद्घाटन खेल बाहेक अन्य खेल भएको छैन ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा मधेश प्रदेश ३ खेल ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । गण्डकी २ खेलमा २ अंक जोडेर दोस्रो र लुम्बिनी २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
कर्णाली, त्रिभुवन आर्मी र नेपाल पुलिस समान १ खेलमा समान १ अंक जोडेर चौंथो देखि छैटौं स्थानमा रहेका छन् ।
समूह 'बी' एनआरएनए २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
बागमती २ खेलमा २ अंक जोडेर दोस्रो, एपीएफ २ खेलमा २ अंक जोडेर तेस्रो र प्रदेश एक २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । सुदुरपश्चिम २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।