काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश-१ र एपीएफ क्लबबीचको खेल रद्द भएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश-१ र एपीएफबीचको खेल रद्द भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो ।
खेल रद्द भएसँगै प्रदेश-१ र एपीएफले एक एक अंक पाएका छन् ।
समूह 'बी' मा रहेको एपीएफले २ खेलमा २ अंक जोडेको छ । एपीएफ तेस्रो स्थानमा रहेको छ ।
प्रदेश १ ले २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
टियुमै आज हुने दोस्रो खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने तालिका छ । यस खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
यस्तै मुलपानी मैदानमा हुने खेलमा मधेश प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । यस खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।