नेपाल टी-ट्वान्टीको मोबाइल एप सार्वजनिक
शुक्रबार, भदौ २४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगको मोबाइल एप सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाल टी-ट्वान्टीको आधिकारिक एप 'सिक्सर' सार्वजनिक गरेको हो ।
क्यानले सिक्सर नेपाल टी-ट्वान्टीको ग्लोबल स्ट्रिमिङ पार्टनर समेत रहेको जनाएको छ ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाल टी-ट्वान्टीको मोबाइल एप सार्वजनिक






-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)





-1763450218248.jpg&w=3840&q=75)