काठमाडौं । अष्ट्रेलियाका पूर्व बलर ब्रेट ली नेपालको क्रिकेट क्रेज आफुलाई मन परेको बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजित पत्रकार भेटघाटमा बोल्दै ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफुलाई मन परेको बताएका हुन् ।
फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगका मेन्टरको रुपमा ब्रेट ली नेपाल आएका हुन् ।
क्यानले ब्रेट लीलाई मेन्टर नियुक्त गरिएको जनाएको छ ।
'मलाई लिगको मेन्टर बनेको खुशी लागेको छ । नेपालको क्रिकेट क्रेज मन पर्यो,' ब्रेट लीले भने, 'यहाँको पाहुना सत्कार मन पर्यो । यो मेरो नेपालको छोटो यात्रा हो ।'
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।