काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आज शुक्रबार तय भएको नेपाल पुलिस क्लब र मधेश प्रदेशबीचको खेल रद्द भएको छ ।
मुलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि पुलिस र मधेशबीचको खेल रद्द भएको हो । खेल टस समेत नभई रद्द भएको हो।
पुलिसको यो पहिलो खेल हो । मधेशको लगातार दोस्रो खेल रद्द भएको हो ।
बिहीबार मधेश र गण्डकी प्रदेशबीचको खेल समेत रद्द भएको थियो ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।