काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा आज शुक्रबार एक खेल हुँदैछ ।
सुपर चार अन्तर्गतको अन्तिम खेलमा शुक्रबार श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ ।
एसिया कपको फाइनल पुगिसकेका दुबै टोली सुपर चारमा अपराजित रहन चाहन्छन् ।
यस खेलको विजेता शीर्ष स्थानमा रहदै फाइनल पुग्नेछ । पराजित हुने टोलीले दोस्रो स्थानमा रहेर फाइनल खेल्नेछ ।
श्रीलंका र पाकिस्तानबीचको पछिल्लो ५ टी-ट्वान्टी अन्तराष्ट्रियमा तीन खेल श्रीलंकाले तथा दुई खेल पाकिस्तानले जितेको छ ।
पछिल्लो पटक २०२९ मा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जसमा श्रीलंकाले पाकिस्तानलाई १३ रनले हराएको थियो।
प्रतियोगितामा आ-आफ्नो समूहमा उपबिजेता रहँदै दुई टोलीले सुपर चारमा स्थान बनाएका हुन् ।
समूह 'ए' बाट भारत र पाकिस्तान तथा समूह 'बी' बाट अफगानिस्तान र श्रीलंका सुपर चारमा पुगेका थिए ।