काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान)ले आयोजना गर्दै आएको सीप्यान क्रिकेट अवार्ड आज शुक्रबार हुँदैछ ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर पाँच विधामा अवार्ड वितरण गरिने सीप्यानले जनाएको छ ।
सीप्यानले यस वर्ष वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र विशेष अवार्ड गरि ५ विधामा पुरस्कार वितरण गर्दैछ ।
वर्ष पुरुष खेलाडी र महिला खेलाडीले अवार्ड सहित जनही १ लाख ३२ हजार रुपैयाँ, वर्ष उदयमान खेलाडीले ६६ हजार, वर्ष उत्कृष्ट क्षणले भोटिङका आधारमा ६६ हजार र विशेष अवार्ड विजेताले १ लाख ३२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्राविधिक समिति गठन गरेर तोकिएको मापदण्डाका आधारमा खेलाडी छनोट गरिएको सीप्यानका अध्यक्ष मनिष राज पाण्डेले जानकारी दिएका छन् ।
कोभिडका कारण गत वर्ष अवार्ड कार्यक्रम हुन पाएको थिएन । कोभिडपछि अहिलेसम्मको क्षणलाई मुल्याङ्कन गरेर वर्ष उत्कृष्ट क्षणको छनोट गरिने सीप्यानले जनाएको छ ।