काठमाडौं । नेपालका अलराउण्डर कुशल मल्लले पाकिस्तान जुनियर क्रिकेट लिग(पीजेसीएल)खेल्ने भएका छन् ।
पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले अनुबन्ध गरेको छ ।
कुशललाई छैटौं चरणमा शार्कले अनुबन्ध गरेको हो ।
यस लिगमा विश्वका यू-१९ टिमका खेलाडीहरुले खेल्ने छन् ।
१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
कुशलले कम उमेरमा एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए ।
कुशल यस अघि यूएईमा आयोजना हुने टी १० लिगमा समेत सहभागी रहेका थिए ।
प्रतियोगिता अक्टोबर ५ देखि २१ सम्म पाकिस्तानमा हुनेछ ।
