काठमाडौं । नवौं राष्ट्रिय खेलकुद २०८९ अन्तर्गतको पुरुष क्रिकेटमा आज तय भएको बागमती प्रदेश र प्रदेश-१ बीचको खेल रद्द भएको छ ।
वर्षाको कारण टियु क्रिकेट मैदानमा तय भएको खेल रद्द भएको हो । खेल टस समेत नभई रद्द भएको हो ।
यस अघि भएको पहिलो खेलमा भने एनआरएनए एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराएको थियो ।
त्यस्तै मुलपानी क्रिकेट मैदानमा तय भएको दुबै खेल रद्द भएको छ ।
वर्षाको कारण मुलपानीमा तय भएको गण्डकी प्रदेश र मधेश प्रदेशबीचको पहिलो खेल रद्द भएको छ । खेल टस समेत नभई रद्द भएको हो।
मुलपानीमै तय लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशबीचको खेल समेत टस नभई रद्द भएको छ ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।