काठमाडौं । विभागिय टोली नेपाल एपीएफ क्लबले नवौं राष्ट्रिय खेलकुदका लागि क्रिकेट टिमको घोषणा गरेको छ ।
एपीएफले शरद भेषवाकरको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ । तर, पुरुष क्रिकेट भने भोलि बिहीबारबाट सुरु हुँदैछ ।
क्रिकेटको अन्तराष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरि दिन नेपाल क्रिकेट संघ (क्यान)बाट भएको आग्रह र प्रस्ताव गरेको कारण पुरुष क्रिकेट पहिले नै हुन लागेको हो ।
समूह 'बी' मा रहेको एपीएफको पहिलो खेल भदौ २४ मा टीयु मैदानमा एनआरएनको टिमविरुद्ध रहेको छ ।
नेपाल एपीएफको टोली -
शरद भेषावकर (कप्तान), भुवन कार्की, प्रदीप ऐरी, लोकेश बम, सन्दीप जोरा, सुमित महर्जन, कमलसिंह ऐरी, अमरसिंह राउटेला, अभिनाश बोहरा, किशोर महतो, आयुषमान बम, आसिफ शेख, दीपक बोहरा र मौसम ढकाल