काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आबद्ध जमैका तालाबाजले तेस्रो खेल भोलि बिहीबार खेल्दै छ।
जमैकाले आफ्नो तेस्रो खेलमा सेन्ट लुसिया किंग्ससँग खेल्नेछ। सेन्ट किट्सस्थित ओन्डर पार्कमा हुने खेल नेपाली समय अनुसार बिहान ४:४५ मा रहेको छ।
केन्यासँगको टी-ट्वान्टी सिरिज पछि सन्दीप जमैकाको टोलीमा सामेल भएका हुन्। तर, उनले यस सिजन खेलेका छैनन्।
तालाबाज र किंग्सबीचको पछिल्लो पाँच खेलमा २ मा किंग्स तथा ३ मा जमैका विजयी भएका छन्।
जमैकाले दोस्रो खेलमा गुयना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गरेको थियो ।
वेस्ट इन्डिजका टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट टिमका उपकप्तान रोभम्यान पावेलको कप्तानी यस टोलीमा रहेने छ ।
१० औं संस्करणको सीपीएलको फाईनल भने सेप्टेम्बर ३० मा रहेको छ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो ।