काठमाडौं । विभागिय टोली नेपाल आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुदका लागि क्रिकेट टिमको घोषणा गरेको छ ।
आर्मीले विनोद भण्डारीको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ । तर, पुरुष क्रिकेट भने भोलिबाट संचालन हुँदैछ ।
क्रिकेटको अन्तराष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरि दिन नेपाल क्रिकेट संघ (क्यान)बाट भएको आग्रह र प्रस्ताव गरेको कारण पुरुष क्रिकेट पहिले नै हुन लागेको हो ।
समूह 'ए' मा रहेको आर्मीको पहिलो खेल भदौ २४ मा मुलपानी मैदानमा कर्णाली प्रदेशविरुद्ध रहेको छ ।
नेपाल आर्मीको टोली -
विनोद भण्डारी (कप्तान), रोहित पौडेल, भीम सार्की, राजेश पुलामी मगर, हरि चौहान, कुशल मल्ल, अर्जुन साउद, सोनु तामाङ, सोमपाल कामी, सुशान भारी, साहब आलम, जितेन्द्र मुखिया, रमेश भट्ट र आकाश चन्द