काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर विवेक यादवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गुमाउने भएका छन्।
केन्या भ्रमणका क्रममा घुँडामा चोट लागेका कारण यादवले राष्ट्रिय खेलकुद प्रतियोगिता गुमाएका हुन्।
मधेस प्रदेशले बुधबार यादवले नवौं राष्ट्रिय खेलकुद गुमाउने जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ ।
तर, पुरुष क्रिकेट भने भदौ २३ गतेबाट काठमाडौंमा संचालन हुँदैछ ।
क्रिकेटको अन्तराष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजनाका लागि क्यानबाट आग्रह आएपछि पुरुष क्रिकेट निर्धारित समय भन्दा अघिनै हुन लागेको हो ।
