काठमाडौं । इंग्ल्यान्डका ओपनर एलेक्स हेल्सले अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकपका लागि टोलीमा स्थान बनाएका छन् ।
चोटको कारण जोनी बेयस्ट्रो विश्वकपबाट बाहिरिएपछि हेल्सले उनको स्थानमा मौका पाएका हुन् ।
इंग्ल्यान्डले जस बटलरको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको थियो । जसमा बेयस्ट्रो पनि अटाएका थिए ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
इंग्ल्यान्ड अघिल्लो संस्करणमा न्युजिल्याण्डसँग ५ विकेटले पराजित हुदै सेमिफाईनलबाट बाहिरिएको थियो ।
इंग्ल्यान्डले अफगानिस्तानसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।