काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य दीपेन्द्र सिंह ऐरी आईसीसी टी-ट्वान्टीको अलराउण्डर वरीयतामा यथावत रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दीपेन्द्र ९ औं स्थानमा यथावत रहेका हुन् ।
ब्याट्सम्यान कुशल भुर्तेल ब्याटिङ वरीयतामा १ स्थान तल झर्दै ५३ औं स्थानमा रहेका छन् ।
ब्याटिङतर्फ नै दीपेन्द्र १ स्थान तल झरेर ५८ औं स्थानमा पुगेका छन् ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने दुई स्थान घटुवा हुँदै ६० औं स्थानमा झरेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा उक्लिएका छन् ।
बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहदा अलराउण्डरमा शकिब अल हसन शीर्ष स्थानमा छन् ।