राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
बुधबार, भदौ २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् ।
नेपाली टोली आज बुधबार बिहान स्वदेश फर्किएका हुन् ।
नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।
नेपालले केन्याविरुद्ध टी-ट्वान्टी र एकदिवसीय सिरिज खेलेको थियो ।
नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।
यस्तै ३ खेलको एकदिवसीय सिरिज ३-० ले क्लिन स्विप गरेको थियो ।
नेपाल फर्किएका खेलाडी अब नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ-आफ्नो टोलीसँग जोडिने छन् ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ । पुरुष क्रिकेट भने भदौ २३ गतेबाट संचालन हुँदैछ ।
राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता






-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)



-1763450218248.jpg&w=3840&q=75)

