काठमाडौं । भारतीय क्रिकेट टोलीका अलराउन्डर रविन्द्र जडेजाको चोटको शल्यक्रिया गरिएको छ ।
जडेजाको दाहिने घुँडाको चोटको सफल शल्यक्रिया भएको हो ।
जडेजाले इन्स्टाग्रामबाट घुँडाको सफल शल्यक्रिया भएको जनाएका छन् ।
घुँडाको चोटकै कारण जडेजाले युएईमा जारी एसिया कप गुमाएका थिए ।
जडेजाको स्थानमा भारतले अक्षर पटेललाई टोलीमा राखेको थियो ।
