काठमाडौं । नेदरल्यान्ड्सले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट २०२२ का लागि टिम घोषणा गरेको छ।
नेदरल्यान्ड्सले स्कट एड्वार्ड्सको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
नेदरल्यान्ड्स पहिलो चरणको समूह 'ए' मा रहेको छ । यस समूहमा नेदरल्यान्ड्ससहित नामिबिया,श्रीलंका र युएई रहेका छन्।
नेदरल्यान्ड्सले युएईसॅंग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
