काठमाडौं । लुम्बिनी प्रदेशले नवौं राष्ट्रिय खेलकुदका लागि क्रिकेट टिमको घोषणा गरेको छ ।
लुम्बिनी प्रदेशले कृष्ण कार्कीको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ । पुरुष क्रिकेट भने भदौ २३ गतेबाट संचालन हुँदैछ ।
क्रिकेटको अन्तराष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरि दिन नेपाल क्रिकेट संघ (क्यान)बाट भएको आग्रह र प्रस्ताव गरेको कारण पुरुष क्रिकेट पहिले नै हुने भएको हो ।
समूह 'ए' मा रहेको लुम्बिनीको पहिलो खेल भदौ २३ मा मुलपानी मैदानमा कर्णाली प्रदेशविरुद्ध रहेको छ ।
लुम्बिनी प्रदेशको टोली -
कृष्ण कार्की(कप्तान),शौरभ खनाल(उपकप्तान),सन्दीप रजाली,प्रज्वल बहादुर थापा,बसिर अहमद,अनिल खरेल,विशाल विक्रम केसी,तुल बहादुर थापा,दिपेन्द्र रावत,नर बहादुर सार्कि,धनबहादुर शाही,रोशन लाल गुप्ता,राज विर सिंह र देव खनाल