काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले न्युजिल्याण्डलाई पहिलो एकदिवसीय खेलमा पराजित गरेको छ ।
काजालिज मैदानमा भएको खेलमा अस्ट्रेलिया २ विकेटले विजयी बनेको हो । जितसँगै अस्ट्रेलियाले ३ खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता लिएको छ ।
पाहुना टोलीले दिएको २ सय ३३ रनको लक्ष्य अस्ट्रेलियाले ४५ ओभरमा ८ विकेट गुमाएर भेट्यो । उसका क्यामरुन ग्रिन र एलेक्स केरीले अर्धशतक बनाए । ग्रिन ८९ रनमा अविजित रहँदा केरीले ८५ रन बनाए । डेविड वार्नरले २० तथा एडम जाम्पाले अविजित १३ रन बनाए ।
पाहुना टोलीका लागि ट्रेन्ट बोल्डले ४ तथा म्याट हेनरी र लकी फर्गुसनले समान २-२ विकेट लिए ।
पहिले ब्याटिङ गरेको पाहुना टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३२ रन बनायो । उसका लागि डेभोन कन्वेले ४६ तथा कप्तान केन विलियम्सले ४५ रन बनाए । टेम लेथमले ४३ तथा ड्यारियल मिचेलले २६ रन बनाए । जेम्स निसमले १६ तथा मिचेल स्यान्टनेरले १३ रन बनाए ।
घरेलु टोलीका लागि ग्लेन म्याक्सवेलले ४ तथा जोस हेजलउडले ३ विकेट लिए । मिचेल स्टार्क र एडम जाम्पाले समान १-१ विकेट लिए ।
दुई टोली बिचको दोस्रो एकदिवसीय खेल बिहिबार रहेको छ ।