काठमाडौं । मधेस प्रदेशले नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश क्रिकेट टिमको घोषणा गरेको छ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ । पुरुष क्रिकेट भने भदौ २३ गतेबाट काठमाडौंमा संचालन हुँदैछ ।
क्रिकेटको अन्तराष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजनाका लागि क्यानबाट आग्रह आएपछि पुरुष क्रिकेट निर्धारित समय भन्दा अघिनै हुन लागेको हो ।
समूह एमा रहेको मधेश प्रदेशको पहिलो खेल भदौ २३ मा मुलपानी मैदानमा गण्डकी प्रदेशविरुद्ध रहेको छ ।
मधेस प्रदेशको टोली ः
हसिम अन्सारी (कप्तान), हरि शंकर शाह (उपकप्तान), विशाल सुस्लिग, तृत राज दास, नविन यादव, राकेश कामत, रोहन विक, रुपेस सिंह, आदिल अन्सारी, नसरुद्दिन अन्सारी, अरनिको यादव, कुमार थापा, जितेन्द्र यादव र सन्तोष कार्की