काठमाडौं । प्रदेश नम्बर १ ले नवौं राष्ट्रिय खेलकुदका लागि क्रिकेट टिमको घोषणा गरेको छ ।
प्रदेश १ ले फिर्दोस अन्सारीको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ । पुरुष क्रिकेट भने भदौ २३ गतेबाट संचालन हुँदैछ ।
क्रिकेटको अन्तराष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरि दिन नेपाल क्रिकेट संघ (क्यान)बाट भएको आग्रह र प्रस्ताव गरेको कारण पुरुष क्रिकेट पहिले नै हुने भएको हो ।
समूह 'बी' मा रहेको प्रदेश १ को पहिलो खेल भदौ २३ मा टीयु मैदानमा बागमती प्रदेशविरुद्ध रहेको छ ।
प्रदेश १ को टोली-
फिर्दोस अन्सारी(कप्तान),अंकित सुवेदि(उपकप्तान),सन्दीप ढुङ्गाना,विवेक मेहता,मिनस थापा,हेमन राई,सिद्धान्त लोहनी,कमल खत्री,सोनु मण्डल,विशाल आचार्य,दिपेश कंडेल,श्रवण यादव,विधान गोश्वामी र गौरव कटुवाल
