काठमाडौं । दक्षिण अफ्रिकाले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट २०२२ का लागि टिम घोषणा गरेको छ।
दक्षिण अफ्रिकाले टिम्बा बमुभाको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
इंग्ल्याण्डसँगको टेस्टका क्रममा औलामा चोट बोकेका रस्सी भान डर डुसेन भने टिममा रहेका छैनन् ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
दक्षिण अफ्रिकाले अघिल्लो संस्करणमा सुपर १२ पार गर्न सकेको थिएन ।
दक्षिण अफ्रिकाले समूह 'बी' को बिजेतासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
समूह 'बी' मा नामिबिया,श्रीलंका,नेदरल्याण्ड्स र यूएई रहेका छन् ।
