काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमण सकेर बुधबार स्वदेश फर्कने भएका छन् ।
नेपाली टोली बुधबार बिहान आईपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट व्यवस्थापक विनोद दासले बताए ।
'नेपाली टोली केन्याको समय अनुसार आज दिउसो केन्याबाट हिड्दै छ,' दासले खेलपाटीसँग भने, 'टोली भोली बिहान नेपाल आईपुग्नेछन् ।'
नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।
३ खेलको एकदिवसीय सिरिज ३-० ले क्लिन स्विप गरेको थियो ।
नेपाल आए पछि सबै खेलाडी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ-आफ्नो टोलीसँग जोडिने छन् ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ ।
पुरुष क्रिकेट भने भदौ २३ गतेबाट संचालन हुँदैछ ।