काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्द प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् ।
अध्यक्ष चन्दलाई नेपाली कांग्रसले बैतडी-१का लागि सिफारिस गरेको हो ।
अध्यक्ष चन्द बैतडी कांग्रेसका जिल्ला सभापति समेत हुन् ।
जिल्ला समितिले उनीसहित १३ जनाको नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको छ ।